जेष्ठ सदस्य केसीले बोलाए सर्वदलीय बैठक

User Image Prime TV News ५ दिन अगाडि
Image of जेष्ठ सदस्य केसीले  बोलाए सर्वदलीय बैठक

काठमाडौ । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठक बोलाएका छन्।

बुधबार दिउँसो १ बजे संसद् सचिवालयमा बैठक बस्ने तय गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, सर्वदलीय बैठक संसद्को पहिलो बैठकको तयारीका लागि बोलाइएको हो।

प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। सर्वदलीय बैठकमा यही बैठकका विषयमा छलफल गरिनेछ। बैठकमा संसद् प्रतिनिधित्व गर्ने ६ दल सहभागी हुने जनाइएको छ । सभामुख चयन नभएसम्म जेष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद्को अध्यक्षता गर्नेछन्।