कांग्रेसभित्रको आन्तरिक विवादबीच आज दुई पक्षका नेताहरूको बैठक बस्दै

User Image Prime TV News ५ दिन अगाडि
Image of कांग्रेसभित्रको आन्तरिक विवादबीच आज दुई पक्षका नेताहरूको बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादबीच आज दुई पक्षका नेताहरूको बैठक बस्दैछ।

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरू काठमाडौको धुम्बाराहीमा भेला हुन लागेका हुन्। बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको गतिविधि, चुनावको समीक्षा र आगामी १५ औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

बैठकअघि कोइरालाले आफ्ना पक्षका नेताहरूसँग छुट्टै छलफल पनि गरेका छन्। यसअघि विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। उक्त कार्यसमितिलाई मान्यता पाएपछि देउवा–कोइराला पक्ष कमजोर बनेको देखिएको छ।

यद्यपि, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो भूमिका अनुसार गतिविधि जारी राखेका छन्। देउवा–कोइराला पक्षले छिट्टै प्रदेश र जिल्ला सभापतिहरूको भेला पनि बोलाउने तयारी गरेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अझै टुंगिएको छैन। यो विषयमा मुद्दा सर्वोच्च अदालत मा विचाराधीन छ।