अमेरिकाले गर्यो इरानको हतियार भण्डारलाई लक्षित गरि हवाई आक्रमण
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । अमेरिकाले इरानमा हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ। बाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सोमबार राति इरानको इस्फहान मा रहेको एक हतियार भण्डारलाई लक्षित गरी आक्रमण गरिएको हो।
रिपोर्टअनुसार आक्रमणमा २ हजार पाउन्डको शक्तिशाली बंकर-बस्टर बम प्रयोग गरिएको थियो। यस्तो बम भूमिगत र बलियो संरचना नष्ट गर्न प्रयोग गरिन्छ। आक्रमणपछि उक्त भण्डारमा राखिएका हतियार विस्फोट हुँदा ठूलो आगलागी भएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमा यस घटनासँग सम्बन्धित भिडियो सार्वजनिक गरेका छन्। यसैबीच, अमेरिका र इरानबीचको तनाव कम गर्ने प्रयास पनि भइरहेको बताइएको छ। यो घटनापछि क्षेत्रमा तनाव बढ्न सक्ने अनुमान गरिएको छ।












