नेपाली बजारमा सुनको मूल्य वढ्यो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य एक्कासि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ६७ सय रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन भने सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। छोटो समयमा नै मूल्य धेरै बढेपछि बजारमा यसको प्रभाव देखिएको छ। चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। हिजो भने चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्य बढेसँगै खरिद–बिक्रीमा पनि असर पर्ने व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि मूल्यमा यस्तो परिवर्तन आएको हो।













