सरकारलाई गोकुल बास्कोटाको चेतावनी: कानुनभन्दा बाहिर नजाऊ
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारलाई विधिको शासन पालना गर्न कडा सन्देश दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत बालेन शाह नेतृत्व र राष्ट्रिय स्वतन्त्र पार्टी लाई लक्षित गर्दै यस्तो बताएका हुन्।
बास्कोटाले अरूलाई फसाउन खोज्नेहरूले अन्ततः आफैं समस्यामा पर्ने चेतावनी दिएका छन्। उनले सरकारलाई कानुनको बाटो नछाड्न, मानव अधिकारको सम्मान गर्न र बालबालिका, महिला तथा वृद्धवृद्धाप्रति संवेदनशील हुन आग्रह गरेका छन्।
कसैमाथि छानबिन गर्नुपर्ने भए कानुनी आधारमा मात्र गर्नुपर्ने तर बिना प्रमाण र तथ्य कसैलाई दोषी देखाउनु गलत र खतरनाक हुने उनको भनाइ छ ।












