गृहमन्त्री गुरुङले प्रहरीलाई थप शक्तिशाली बनाउने जनाए प्रतिबद्धता

User Image Prime TV News ५ दिन अगाडि
Image of गृहमन्त्री गुरुङले प्रहरीलाई थप शक्तिशाली बनाउने जनाए प्रतिबद्धता

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरीलाई सम्बोधन गर्दै संगठनलाई अझ शक्तिशाली बनाउने प्रतिबद्धता जनाएका छन्। उनले प्रहरी महानिरीक्षक (आईजीपी) लाई दज्र्यानी चिह्न प्रधानमन्त्रीबाट लगाइने व्यवस्था अघि बढाउने पहल गर्ने बताए।

गृह मन्त्रीले प्रहरीलाई राजनीतिक दबाबबिना काम गर्ने वातावरण सुनिश्चित गरिने, नागरिकलाई सम्मानपूर्वक सेवा दिने, दंगा नियन्त्रणमा आवश्यक सुरक्षा गियर बिना प्रहरीलाई फिल्डमा नखटाउने र आवश्यक तालिम उपलब्ध गराइने बताए। साथै, प्रहरी पोसाक नेपालमै उत्पादन गरिने र उद्योग ग्रामीण क्षेत्रमा स्थापना गरिने पनि उनले जानकारी दिए।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संविधान, कानुन र मानव अधिकारको मापदण्ड पालना गर्दै प्रहरी सेवा दिइरहेको बताए। उनीहरूले गृहमन्त्रीको निर्देशनले प्रहरी उत्साहित भएको बताएका छन्। कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकारी, प्रदेश प्रहरी कार्यालय प्रमुख र अन्य कर्मचारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।