एमाले सचिव महेश बस्नेत पक्राउ गर्न अदालतले दिएन अनुमति
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति मागेको भए पनि जिल्ला अदालतले अनुमति नदिएको छ।
धादिङकी शोभा पाठकले पहिल्यै दायर गरेको मुद्दा अनुसार बस्नेतविरुद्ध प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयका अनुसार न्यायाधीश ध्रुव कार्कीको इजलासले बस्नेतको पक्राउको अनुमति नदिने निर्णय गरेको हो।
प्रहरीले अदालतको अनुमति नहुँदा बस्नेतलाई पक्राउ गर्न सक्ने अवस्था नभएको एसएसपी रमेश थापाले जानकारी दिएका छन्। यसअघि पनि बस्नेतलाई पक्राउ गर्ने प्रयास भएको थियो, तर अदालतको अनुमति नहुँदा सो प्रक्रिया रोकिएको थियो।












