सर्वोच्चले ओली पक्राउको औचित्य पेस गर्न सरकारलाई आदेश दियो
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण सरकारले स्पष्ट पेस गर्न आदेश दिएको छ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारलाई लिखित रूपमा कारण पेश गर्न आदेश दिएको हो। यसअघि ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।
भदौ २३–२४ गते जेनजी आन्दोलनको घटनापछि तत्कालीन प्रधानमन्त्री ओलीमाथि उठेका प्रश्न र त्यसको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले उनलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि अनुसन्धानको सिफारिस गरेको थियो।
अधिकारिसूची अनुसार, सो सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक दुवैलाई पक्राउ गरिएको थियो। अदालतले अहिले सरकारलाई कारण देखाउन आदेश दिंदै मुद्दाको थप सुनुवाइ अघि बढाउने तयारी गरेको छ।












