हर्क साम्पाङले आफूविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा दिए उजुरी

User Image Prime TV News ५ दिन अगाडि
Image of हर्क साम्पाङले आफूविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा दिए उजुरी

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

सोमबार उनले सुनिता खड्का नामकी एक महिलाविरुद्ध उजुरी दर्ता गराएका हुन्। साम्पाङका अनुसार ती महिलाले टिकटकमार्फत ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिएकी छन्। साम्पाङले उक्त विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

उनले ती महिला रास्वपाका समर्थक रहेको दाबी पनि गरेका छन्। साइबर ब्युरोका एसपी दिलिप गिरी ले उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।