सेराले नेपालमा ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा

User Image Prime TV News ५ दिन अगाडि
Image of सेराले नेपालमा ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा

काठमाडौ । सेराले नेपालमा ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा ल्याएको छ । लक्जरी स्यानिटरी वेयर तथा बाथरूम समाधानको अग्रणी ब्रान्ड सेराले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउँदै नयाँ सेरा स्टाइल ग्यालरी र सेरा स्टाइल हब उद्घाटन गरेको हो ।

ललितपुरस्थित एक्सप्लोरर इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन र काठमाडौंस्थित सेरा नेपाल ट्रेडिङ हाउसमा सेरा स्टाइल ग्यालरी तथा काठमाडौंको शुभ शक्ति बिजनेस, वीरगन्जको जय नेपाल स्यानिटरी र भैरहवाको चैतन्य इन्जिनियरिङ एन्ड ट्रेडमा सेरा स्टाइल हब सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन समारोहमा सेराका प्रेसिडेन्ट–सेल्स सन्दीप अब्राहमको प्रमुख आतिथ्य थियो । यी नयाँ शोरूमहरूले सेराका लोकप्रिय उत्पादनलाई एउटै छानामुनि प्रस्तुत गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन् । आधुनिक र परिष्कृत डिजाइनमा तयार गरिएका यी स्पेसहरूले ग्राहकलाई केवल अवलोकन मात्र होइन, आफ्ना बाथरूमका कल्पनाहरूलाई साकार पार्न प्रेरित गर्ने वातावरण सिर्जना गर्छन् ।

सेराकी उपाध्यक्ष एवं संयुक्त प्रबन्ध निर्देशक श्रीमती दीप्तिशिखा खेतानले स्टाइल ग्यालरी र स्टाइल हबमार्फत उत्पादनमात्र नभएर आर्किटेक्ट, इन्टेरियर डिजाइनर र ग्राहकलाई कल्पना र सिर्जना गर्ने स्पेस प्रदान गर्ने लक्ष्य लिएको बताइन् । सन् १९८० मा स्थापित सेराले गुजरातको काडीमा अत्याधुनिक उत्पादन केन्द्र सञ्चालन गर्दै आएको छ ।