आज शेयर बजार घट्यो, नेप्से २,८३१ मा सीमित

User Image Prime TV News ५ दिन अगाडि
Image of आज शेयर बजार घट्यो, नेप्से २,८३१ मा सीमित

काठमाडौ । आज साताको दोस्रो दिन शेयर बजार भारी अंकले घटेको छ। नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१ विन्दुमा बन्द भएको छ।

आज ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार १२ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी भएको छ। सबैभन्दा बढी कारोबार रिडी पावरको भएको छ, जसमा ६८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसैगरी ङादी ग्रुप पावरमा ४३ करोड ८१ लाख र शिवम् सिमेन्टमा ४३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३७ कम्पनीको शेयर मूल्य घटेको छ। लगानीकर्ताका हिसाबले रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, होटल फरेष्ट र रिज लाइन इनर्जीका शेयरले सबैभन्दा धेरै नाफा दिएको छ, जहाँ १० प्रतिशतसम्म कमाइ भएको छ। सुपर खुदीका लगानीकर्ताले ९.९९ प्रतिशत नाफा कमाएका छन्।

उता सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्। आज यस कम्पनीका शेयरमा ७ प्रतिशत घाटा देखिएको छ।