अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सहयात्री बन्ने आश्वासन
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूबीच सोमबार भेटवार्ता भएको छ।
भेटवार्तामा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका लागि स्पष्ट सन्देश दिएका छन्। उनले भने, “अब निजी क्षेत्रले घुस खुवाउनुपर्ने छैन, लाइन लाग्नुपर्ने छैन, र उद्योगी–व्यापारीहरू थुनिनुपर्ने छैन। हामी तपाईंहरूको सहयात्री हौँ।”
उनले थपे, “यदि कसैले आर्थिक बेइमानी गर्छ भने त्यसमा सरकार कडा कदम चाल्नेछ, तर उद्योगी–व्यापारीहरूलाई थुनामा राखिने छैन। हामी अर्थतन्त्रलाई नयाँ गति दिन लागि परेको छौँ।” उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अर्थमन्त्रीको यस पहललाई स्वागत गर्दै निजी क्षेत्रसँग सहकार्य बढाउने प्रतिवद्धता जनाएका छन्।













