प्रधानमन्त्री बालेनले गरे मन्त्री पछि प्रदेशगत सांसदहरूसँग छलफल

User Image Prime TV News ५ दिन अगाडि
Image of प्रधानमन्त्री बालेनले गरे मन्त्री पछि प्रदेशगत सांसदहरूसँग छलफल

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरूसँगको छलफल पूरा गरेपछि प्रतिनिधि सभाका सांसदहरूसँग प्रदेशगत छलफल सुरु गरेका छन्।

आइतबार सिंहदरबारमा मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनसम्बन्धी छलफल गरेका प्रधानमन्त्री शाहले सोमबार विभिन्न प्रदेशका सांसदहरूसँग संवाद अघि बढाएका हुन्। प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ ।

कर्णाली प्रदेशका सांसदहरु संगको छलफल पछि अर्को प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।