वाफियाका कारण निष्क्रिय खातामा रकम राज्यकोषमा जम्मा गर्न चुनौती

User Image Prime TV News ५ दिन अगाडि
Image of वाफियाका कारण निष्क्रिय खातामा रकम राज्यकोषमा जम्मा गर्न चुनौती

काठमाडौ । नयाँ सरकारले १० वर्ष वा बढी समयदेखि निष्क्रिय रहेका बैंक खातामा भएको रकम ९० दिन भित्र राज्यकोषमा जम्मा गर्ने घोषणा गरेपछि आर्थिक क्षेत्रमा तरंग उत्पन्न भएको छ।

तर, यस निर्णय तत्काल लागू गर्न कानूनी समस्या देखिएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) २०७३ को दफा ११२ अनुसार १० वर्षदेखि प्रयोग नभएका खातामा रकम लिन चाहिने सूचना प्रत्येक पाँच वर्षमा राष्ट्रिय पत्रिकामा प्रकाशित गर्नुपर्ने र वेबसाइटमा राख्नुपर्ने व्यवस्था छ। साथै, रकम २० वर्षसम्म नआए मात्र राज्यकोषमा जम्मा गर्न सकिने उल्लेख छ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बताए अनुसार, ऐन संशोधन नगरी यो निर्णय लागू गर्न सकिँदैन र अदालतले रोक्ने सम्भावना छ। नेपालमा करिब छ करोड बैंक खाता रहेका छन्। तीमध्ये करिब एक करोड निष्क्रिय खातामा करिब १ खर्ब ६७ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।