माइक्रोसफ्टद्वारा इजरायली सेनालाई प्रवाह हुँदै आएका केही सेवा बन्द
Prime TV News एक महिना अगाडि 
काठमाडाै । माइक्रोसफ्टले इजरायली सेनासँग सम्बन्धित केही प्रविधि सेवा बन्द गरेको छ। इजरायलले कम्पनीको क्लाउड कम्प्युटिङ प्रविधि प्यालेस्टिनी नागरिकहरूको सामूहिक निगरानीमा प्रयोग गरेको खुलासा भएपछि यो कदम उठाइएको हो ।
माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले कम्पनीको ब्लगमार्फत् विज्ञप्ति जारी गर्दै इजरायलको रक्षा मन्त्रालयअन्तर्गतको एक इकाईलाई प्रदान गरिँदै आएको केही सेवाहरू बन्द तथा निष्क्रिय गरिएको जानकारी दिएका छन्।
माइक्रोसफ्टले अगस्ट १५ देखि उक्त आरोपहरूको समीक्षा सुरु गरेको थियो। समीक्षा अवधिमा कम्पनीले प्रत्यक्ष डेटा पहुँच नगरी व्यावसायिक अभिलेख, वित्तीय विवरण तथा आन्तरिक कागजातहरूमा ध्यान केन्द्रित गरेको बताइएको छ।
माइक्रोसफ्टले इजरायली रक्षा मन्त्रालयसँग सम्बन्धित सदस्यता, क्लाउड भण्डारण, एआई सेवा लगायतका प्रविधिहरू बन्द गर्ने निर्णय सम्बन्धित निकायलाई जानकारी गराइसकेको पनि बताइएको छ ।













