सांसद आफ्नो विज्ञता अनुसार मन्त्रालयमा खटाउने तयारी
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेका अनुसार हाल गृहकार्य भइरहेको छ र सांसदहरूलाई मन्त्रालयमा खटाइएको भने छैन।
पार्टीले सांसदलाई मन्त्रालयमा खटाउनुको उद्देश्य उनीहरूको क्षमता अभिवृद्धि गर्नु र भविष्यमा मन्त्री बन्ने तयारी गराउनु रहेको जनाएको छ। कतिपय सांसद आफ्नो विज्ञता अनुसार मन्त्रालयमा गएर मन्त्रीको काम सहज बनाउने कार्य गरिरहेका छन्।
सांसदका साथै पार्टीका केन्द्रीय विभागका सदस्यहरूलाई पनि मन्त्रालयमा खटाउने योजना छ। रास्वपाले २१ फागुनको चुनावमा लगभग दुई तिहाइ मत ल्याएर सरकार बनाएको थियो। गत १३ चैतमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएको थियो।
प्रधानमन्त्री शाहले सबै दलका सांसदहरूसँग सिंहदरबारमा छलफल सुरु गरेका छन् भने हिजो मन्त्रीहरूसँग छलफलपछि आज प्रदेशगत रूपमा सांसदहरूसँग छुट्टाछुट्टै छलफल जारी राखेका छन्।












