‘भूमिगत’ भएको हल्ला चलेपछि महेश बस्नेतले सामाजिक सञ्जालमा लेख्दै भने– माइतीघर मण्डलामा भेटौला

User Image Prime TV News ५ दिन अगाडि
Image of ‘भूमिगत’ भएको हल्ला चलेपछि महेश बस्नेतले सामाजिक सञ्जालमा लेख्दै भने– माइतीघर मण्डलामा  भेटौला

काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेत ‘भूमिगत’ भएको हल्ला चलेपनि उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्। हिजो साँझ केही घण्टा उनको मोबाइल अफ हुँदा यस्तो हल्ला सुरु भएको थियो।

बस्नेतले आफ्नो स्टाटसमा आज दिउँसो माइतीघर मण्डलामा हुने विरोध कार्यक्रममा सहभागी हुन अपिल गरेका छन्। उनले बालेन शाह नेतृत्वको सरकारलाई अधिनायकवादी र निरंकूश शैलीमा अघि बढिरहेको बताएका छन् र सुदन गुरुङलाई ‘कथित गृहमन्त्री’ भनेका छन्।

यता गृहमन्त्री सुदन गुरुङले बस्नेतलाई पक्राउ गर्ने तयारी गरेका छन्। हिजो प्रहरीले एमाले मुख्यालय पुगेको थियो तर बस्नेत त्यहाँ भेटिएनन्। सचिवालयका अनुसार बस्नेत एक–दुई दिनभित्र पक्राउ गरिनेछ।

बस्नेतले आफूलाई पक्राउ गर्ने कुनै आधार नभएको बताउँदै फरार भएको र मोबाइल अफ भएको हल्ला गलत भएको स्पष्ट पारेका छन्। उनले आन्दोलन कमजोर पार्ने षडयन्त्र भइरहेको पनि बताएका छन्।