चितवनमा जेन्जी आन्दोलनमा भएको तोडफोड र आगजनीमा संलग्न ९३ जनामाथि कारबाही प्रक्रिया वढ्यो
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । चितवनमा जेन्जी आन्दोलनको दोस्रो दिन भदौ २४ मा भएको तोडफोड र आगजनीमा संलग्न ९३ जनामाथि प्रहरीले कारबाही अगाडि बढाएको छ।
प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार जिल्लाका ६२ सरकारी कार्यालय, १० व्यक्तिगत भवन, ६ राजनीतिक दलका कार्यालय, ५१ व्यक्तिगत घर र ३ व्यापारिक केन्द्रमा तोडफोड र आगजनी भएको थियो। घटनामा संलग्न ९३ मध्ये ५३ जनालाई पक्राउ गरी अदालतमा हाजिर गरिएको छ।
५३ मध्ये ४१ जना धरौटीमा रिहा भएका छन् भने १२ जनालाई पूर्पक्षको लागि थुनामा पठाइएको छ। पक्राउ परेकामध्ये एक जनालाई लागु औषधसहित फेला पारिएको थियो। भदौ २४ को तोडफोडमा ८६ वटा चार पाङ्ग्रे गाडी, १०६ वटा दुई पाङ्ग्रे सवारी र एक सञ्चार गृहमा क्षति भएको छ।
जिल्लामा यस घटनाबाट करिब १ अर्ब ६१ करोड रुपैयाँ बराबरको क्षति भएको छ। पूर्ण रूपमा जलाएको भाटभटेनी सुपरमार्केटमा मात्र करिब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको छ।












