गैँडाकोटमा आज बिहान तीनवटा सवारीसाधन ठोकिँदा १२ जना घाइते
Prime TV News ६ दिन अगाडि 
नवलपरासी । नवलपरासी पूर्वको गैँडाकोटमा आज बिहान तीनवटा सवारीसाधन ठोकिँदा १२ जना घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको पिकअप भ्यान र ट्रकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा ट्रक चालक ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक ३३ वर्षीय दर्शन काप्री र बस चालक ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएका छन्। बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ। घटनास्थलमा अहिले यातायात सामान्य रूपमा सञ्चालन भइरहेको छ।












