ओली र लेखकको रिहाइ माग गर्दै, दायर गरिएको रिटमा सुनुवाइ हुँदै

User Image Prime TV News ६ दिन अगाडि
Image of ओली र लेखकको रिहाइ माग गर्दै, दायर गरिएको रिटमा सुनुवाइ हुँदै

काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा परेको उक्त रिटमाथि फरक–फरक इजलासमा सुनुवाइ हुनेछ। ओलीको रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।

ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधाले आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए। उनीहरूले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखिएको भन्दै रिहाइको माग गरेका छन्।

जेन–जी आन्दोलनसँग जोडिएको घटनामा लापरवाही गरेको आरोपमा गौरी आयोगको सिफारिसपछि प्रहरीले दुवै नेतालाई शनिबार पक्राउ गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।