सुन र चाँदीको मूल्य घट्यो

User Image Prime TV News ५ दिन अगाडि
Image of सुन र चाँदीको मूल्य     घट्यो

काठमाडौ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँ थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम भएको छ, जुन हिजोभन्दा कम हो।

चाँदीको मूल्य पनि आज सामान्य घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ४ हजार ७ सय २० रुपैयाँमा किनबेच भएको थियो । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ कायम भएको छ, जुन हिजो ४ हजार ४७ रुपैयाँ थियो।