आज मन्त्रिपरिषद् बैठक बस्दै
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। एक मन्त्रीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीका साथै पछिल्ला राजनीतिक विषयमा पनि छलफल हुनेछ। सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूची कार्यान्वयनको अवस्था बारे पनि बैठकमा समीक्षा गरिने बताइएको छ। कार्यसूचीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा निर्णय हुन सक्नेछ।
यसैबीच, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रक्रिया जारी छ। यी विषयहरू पनि आजको मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डामा पर्ने बताइएको छ।












