कांग्रेसभित्र आन्तरिक विवाद सतहमा, देउवा पक्ष र कोइराला पक्षधरको समानान्तर गतिविधि

User Image Prime TV News ६ दिन अगाडि
Image of कांग्रेसभित्र आन्तरिक विवाद सतहमा, देउवा पक्ष र कोइराला पक्षधरको समानान्तर गतिविधि

काठमाडौ । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद सतहमा आएको छ। पार्टीका दुई प्रमुख धार, शेरबहादुर देउवा पक्ष र शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि सुरु गरेका छन्।

कार्यबाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिन छुट्टै कार्यक्रम आयोजना गरेका छन्। उक्त कार्यक्रम आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा हुने बताइएको छ। कार्यक्रममा देउवा पक्षका केही शीर्ष नेताहरू पनि सहभागी हुने जनाइएको छ।

यसअघि नेपाली कांग्रेसले शनिबार सानेपामा आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेको थियो। केपी ओली र रमेश लेखक पक्राउ प्रकरणमा पूर्णबहादुर खड्काले ‘कार्यबाहक सभापति’को रूपमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्रको विवाद सार्वजनिक भएको हो।