देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक

User Image Prime TV News ६ दिन अगाडि
Image of देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन (चौम)बाट निर्वाचित केन्द्रीय समितिको बैठक आह्वान भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बैठक डाकेको हो ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौमा दुई दिने बैठक आह्वान गरेका हुन् । कार्यवाहक सभापति खड्का निकटका नेताका अनुसार आज चैत १६ गते नवनिर्वाचित सांसदहरूलाई बधाई एवम् छलफलका रुपमा कार्यक्रम शुरु गरेर केन्द्रीय समितिको बैठकको छलफलको तयारी गरिएको हो ।

ती नेताका अनुसार, चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ । यस्तै, चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तय भएको छ ।