नवनिर्वाचित सांसदहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसदहरूले तोकिएको समयभित्र सांसद सुविधा व्यवस्थापन शाखामा आफ्नो सम्पत्ति विवरण दर्ता गराउनुपर्नेछ।
कानुनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहित विवरण बुझाउनुपर्ने व्यवस्था छ। नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएका थिए। त्यसको ६० दिन पूरा हुने मिति जेठ १० गते पर्ने भएकाले सोही समयभित्र विवरण बुझाउन भनिएको हो।
निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाए कानुनी प्रक्रिया अघि बढ्न सक्ने सचिवालयले जनाएको छ।












