माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा माइतीघर–बबरमहल क्षेत्रमा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
आइतबार भएको प्रदर्शनका क्रममा स्थिति केहीबेर तनावपूर्ण बनेको थियो। भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको जनाएको छ। ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरू शनिबारदेखि नै सडकमा उत्रिएका छन्।
माइतीघर क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेको छ। यसअघि पार्टीका विभिन्न जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका थिए। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको घटनापछि ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएको हो। त्यसयता एमालेले विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।













