सर्वोच्च अदालतमा राधिका शाक्यले पेश गरिन बन्दी प्रत्यक्षीकरणको रिट
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। उनीमाथि भदौ २३ र २४ मा भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको छ।
पक्राउ परेका ओलीलाई जिल्ला अदालत काठमाडौंमा भर्चुअल माध्यमबाट पेश गरिएको थियो। सरकारी वकिलले उनलाई १० दिन हिरासतमा राख्न म्याद मागेका छन्। जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा वकिलहरूले बहस गरिरहेका छन्। अदालतले ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध म्याद थप गर्ने वा नगर्ने निर्णय गर्नेछ।












