आइतबार सेयर बजार नेप्से परिसूचक ७१.०५ अंकले घट्यो
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक घटेको छ। नेप्से परिसूचक ७१.०५ अंक घटेर २८७९.११ बिन्दुमा पुगेको छ।
आज नेप्सेमा कुल ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबार रकम १५ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ। रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा रिलायन्स स्पिनिङ्स मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।













