केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमाले कार्यकर्ताहरुले माइतीघर मण्डलामा प्रदर्शन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका कार्यकर्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
यो कार्यक्रम नेकपा एमाले जिल्ला पार्टी कमिटी काठमाडौँले आयोजना गरेको हो। अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेपछि एमालेका कार्यकर्ताहरू आक्रोशित भएका थिए र शनिबारदेखि नै सडकमा प्रदर्शन गरिरहेका छन् ।
कार्यकर्ताहरूले रिहाइको माग गर्दै नाराबाजी गरेका थिए र सरकारको कदमको विरोध जनाएका थिए।







