शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको सम्पत्तिमाथि अनुसन्धान अघि बढ्यो
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपालका तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेपूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यसबारे अनुसन्धान अघि बढाएको बताईएको छ ।
यस अघि सम्पत्ति शुद्धीकरण छानविनका लागि नेपाली कांग्रेसका नेता दीपक खड्कामाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरणले नै सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले कांग्रेस नेता समेत रहेका खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट म्याद लिँदैछ ।













