राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप तान्दै

User Image Prime TV News ६ दिन अगाडि
Image of राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप तान्दै

काठमाडौ । नेपाल राष्ट्र बैकले आज बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। यसका लागि मध्यान्ह ३ बजे बोलकबोल गरिनेछ।

राष्ट्र बैंकले २१ दिनका लागि यो रकम तान्न लागेको हो। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले यसमा भाग लिन सक्नेछन्। उनीहरूले आफूले चाहेको ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिइनेछ। बैंकहरूले एकभन्दा बढी दरमा पनि प्रस्ताव गर्न सक्ने व्यवस्था छ।

अहिले बैंकहरूमा पैसा धेरै भएको (अधिक तरलता) अवस्था छ। त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो कदम चाल्दै आएको छ। बैंकहरूले कम्तीमा १० करोड रुपैयाँदेखि प्रस्ताव गर्न सक्नेछन्। २१ दिनपछि अर्थात् वैशाख ६ गते राष्ट्र बैंकले बैंकहरूलाई रकम र ब्याज फिर्ता गर्नेछ। कर्जा माग कम भएकाले बैंकहरूमा पैसा थुप्रिएको अवस्थामा यो प्रक्रिया उपयोगी मानिएको छ।