देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान, घर भत्काउन प्रहरीले रोक लगायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान, घर भत्काउन प्रहरीले रोक लगायो

काठमाडौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि सरकारले अनुसन्धान तीव्र बनाएको छ।

यस क्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ।प्रमाण नष्ट हुनसक्ने आशंकामा  बूढानीलकण्ठस्थित देउवा निवासमा भइरहेको घर भत्काउने काम प्रहरीले रोकेको छ।

स्रोतका अनुसार, अनुसन्धान प्रभावित हुनसक्ने देखिएपछि काम रोक्न निर्देशन दिइएको हो। यसअघि देउवा परिवारविरुद्ध अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। अहिले सोही उजुरीका आधारमा थप अनुसन्धान भइरहेको बताइएको छ।

पछिल्लो समय देउवाका छोरा जयवीर देउवा र नजिकका नातेदारका नाममा ठूलो परिमाणमा जग्गा किनिएको विवरण संकलन गरिएको छ। साथै, विभिन्न व्यक्तिहरूबीच भएका आर्थिक कारोबारको पनि छानबिन भइरहेको छ।

अनुसन्धानका क्रममा आरजु देउवा सँग जोडिएका केही पुराना प्रकरणहरू समेत हेरिएको स्रोतले जनाएको छ। देउवा निवासमा यसअघि आन्दोलनका क्रममा क्षति पुगेपछि भवन भत्काउने काम भइरहेको थियो। तर, प्रमाण नष्ट हुनसक्ने भन्दै प्रहरीले अहिलेका लागि काम रोकेको जनाएको छ। यस घटनाले राजनीतिक र कानुनी क्षेत्रमा थप चासो बढाएको छ।