रमेश लेखकलाई काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइयो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार बिहान प्रहरीले काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएको छ। उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालत लगिएको हो।
उनीसँगै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अझै अदालतमा उपस्थित गराइएको छैन। न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा म्याद थपबारे सुनुवाइ हुने तयारी छ। लेखक मात्र इजलासमा पेस भएपछि न्यायाधीशले अर्का आरोपित ओलीलाई पनि अदालतमा ल्याउन निर्देशन दिएका छन्।
हाल उपचारका लागि टिचिङ अस्पतालमा रहेका ओलीलाई त्यहीबाट अदालत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। ओली र लेखकलाई भदौ २३ र २४ गते “जेनजी आन्दोलन” का क्रममा आन्दोलनकारीमाथि दमन गरेको आरोपमा पक्राउ गरिएको हो। घटनाको छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वमा गठित आयोगले दुवैलाई १० वर्षसम्म कैद सजाय हुन सक्ने सिफारिस गरेको छ।







