कांग्रेस नेता दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरणमा छानबिन

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस नेता दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरणमा छानबिन

काठमाडौ । कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान महाराजगन्जबाट नियन्त्रणमा लिइएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न खड्कालाई पक्राउ गरेको जनाएको छ। सीआइबीका एआइजी मनोज केसीले पक्राउ भएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार खड्कामाथि थप अनुसन्धान भइरहेको छ।