ओली र लेखकको पक्राउमा जेनजी मुभमेन्टको समर्थन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गर्ने सरकारको निर्णयको समर्थन गरेको छ।
शनिबार विज्ञप्ति निकाल्दै संगठनले यो कदम सही भएको बताएको छ। उनीहरूले यसलाई कानुनी प्रक्रिया अगाडि बढाउने राम्रो सुरुवात भनेका छन्। संगठनले यस घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि तुरुन्त पक्राउ गर्न माग गरेको छ।
विशेषगरी तत्कालीन गृह प्रशासन र सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई पनि अनुसन्धानमा ल्याउनुपर्ने उनीहरूको भनाइ छ। जेनजी मुभमेन्टले दमनकारीलाई बचाउने प्रयास भए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। आवश्यक परे देशभरका युवाहरू अझ कडा संघर्षमा उत्रिने बताएका छन्।












