काठमाडौमा प्रदर्शन उग्र, ७ जना पक्राउ

User Image Prime TV News १ हप्ता अगाडि
Image of काठमाडौमा प्रदर्शन उग्र, ७ जना पक्राउ

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा शनिबार काठमाडौंमा भएको प्रदर्शन उग्र बनेको छ।

बबरमहल, बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध गर्दै ओलीलाई तुरुन्त रिहा गर्न माग गरेका थिए।

प्रहरीका अनुसार बबरमहलबाट ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। एसपी पवन भट्टराई ले उनीहरूलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको जानकारी दिएका छन्।

झडपका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको थियो तर उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो।