कार्की आयोग कार्यान्वयनमा नेकपाको ध्यानाकर्षण, निष्पक्षता अपनाउन आग्रह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि बनेको कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे सरकारको कदमप्रति ध्यानाकर्षण जनाएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाट प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति चासो व्यक्त गरिएको बताएका छन्।
माओवादी केन्द्रले सरकारलाई कुनै पनि निर्णय गर्दा विधिको शासन र कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेको छ। साथै, निष्पक्ष रूपमा काम गर्न पनि जोड दिएको छ।
पार्टीले राजनीतिक पूर्वाग्रह राखेर काम नगर्न चेतावनी दिँदै यस्ता गतिविधिले देशमा अनावश्यक द्वन्द्व सिर्जना हुन सक्ने बताएको छ। उसले सबै पक्षलाई संयमता अपनाउन र स्थिति बिग्रिन नदिन जिम्मेवार बन्न आग्रह गरेको छ।












