सुरक्षा कडा बनाउँदै प्रहरी: बिदा नदिन निर्देशन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । देशको अहिलेको अवस्थालाई ध्यानमा राख्दै प्रहरीले आफ्ना कर्मचारीलाई बिदा नदिन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले शनिबार परिपत्र जारी गर्दै प्रसूति र किरिया बिदा बाहेक अन्य कुनै पनि बिदा नदिन भनेको हो। प्रशासन शाखाका डीएसपी सन्तोष निरौला ले मातहतका सबै निकायलाई यस्तो निर्देशन दिएका छन्।
त्यसैगरी, बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि तुरुन्त काममा फर्किन भनिएको छ। आवश्यक परे जुनसुकै बेला प्रहरी परिचालन गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यो निर्देशन देशभरका सबै प्रहरी कार्यालयमा पठाइएको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ भएपछि देशमा तनाव बढ्न सक्ने अवस्था देखिएको छ। त्यसैले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।












