ओली र लेखक पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको देउवा पक्षले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ गरिएको घटनाको विरोध गरेको छ।
नेता पूर्णबहादुर खड्काले विज्ञप्ति निकालेर यो कदम गैरकानुनी भएको बताएका छन्। उनले दुवै नेतालाई तुरुन्त रिहा गर्न माग गरेका छन्। विज्ञप्तिमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की को प्रतिवेदनअनुसार प्रक्रिया पूरा नगरी पक्राउ गरिएको भन्दै आपत्ति जनाइएको छ।
देउवा पक्षले यस्तो कदमले कानुनी राज्यको सिद्धान्त उल्लंघन गरेको जनाएको छ। साथै, यसलाई राजनीतिक प्रतिशोध भएको आरोप पनि लगाएको छ। उनीहरूले सरकार संविधान र लोकतन्त्रको बाटोबाट हटेको संकेत देखिएको बताएका छन्। देउवा पक्षले यस विषयमा संवैधानिक र राजनीतिक रूपमा विरोध गर्ने चेतावनी दिएको छ ।












