सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउनेलाई पनि पक्राउ हुनुपर्छ: हर्क साम्पाङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउनेलाई पनि पक्राउ हुनुपर्छ: हर्क साम्पाङ

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले अहिले देशमा प्रतिशोधको राजनीति भइरहेको बताएका छन्। उनले भने, यस्तो राजनीति देशका लागि राम्रो होइन।

साम्पाङले आफूले पहिले नै यस्तो अवस्था आउने चेतावनी दिएको दाबी गरेका छन्। ओखलढुङ्गामा भएको कार्यक्रममा उनले “अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ” भनेको स्मरण गराएका छन्। उनले आफ्नो पार्टीले मात्र प्रगतिको राजनीति गर्ने बताएका छन्।

उनले अब देशमा आन्दोलन बढ्ने दाबी गरेका छन्। उनका अनुसार, अब “आन्दोलन नै आन्दोलन” हुने अवस्था आउन सक्छ ।साम्पाङले आन्दोलनका क्रममा हुने तोडफोडको पनि विरोध गरेका छन्।

उनले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जस्ता सरकारी संरचना तोडफोड गर्नेहरूलाई पनि पक्राउ गर्नुपर्ने बताएका छन् । उनले राज्यको सम्पत्ति नष्ट गर्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन्।