ओली पक्राउपछि एमाले आक्रोशित, एमाले महासचिव भन्छन्, ‘तुरुन्त रिहा गर’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त रिहा गर्न माग गरेका छन्।
जेनजी आन्दोलनका बेला हिंसात्मक दमन गरेको आरोपमा ओलीलाई शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित घरबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउपछि पोखरेलले कडा प्रतिक्रिया दिदै सामाजिक सञ्जालमार्फत भने, “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेवार बन र तुरुन्त रिहा गर।”
ओली पक्राउ परेपछि एमाले नेताहरू आक्रोशित भएका छन्। पार्टीले यसलाई राजनीतिक प्रतिशोध भन्दै सरकारको कदमको विरोध गरेको छ।












