ओली र लेखकलाई मानव अधिकारको सम्मानसहित राखिने: प्रहरी

User Image Prime TV News १ हप्ता अगाडि
Image of ओली र लेखकलाई मानव अधिकारको सम्मानसहित राखिने: प्रहरी

काठमाडौ । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कानुनअनुसार र मानव अधिकारको सम्मान गर्दै हिरासतमा राखिने जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले उनीहरूलाई गृह मन्त्रालयको निर्देशन र गौरी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको बताए।

उनका अनुसार प्रहरी हिरासतमा कुनै दुर्व्यवहार हुँदैन। सबै प्रक्रिया कानुन र मानव अधिकारका मापदण्डभित्र रहेर गरिनेछ । प्रहरीले दुवै नेतालाई सम्मानजनक व्यवहारका साथ राख्ने स्पष्ट पारेको छ ।