ओली पक्राउपछि एमालेका कार्यकर्ताहरू सडकमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि काठमाडौंमा प्रदर्शन सुरु भएको छ। उनको पक्राउको विरोधमा एमालेका कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।
काठमाडौंका मुख्य ठाउँहरूमा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। चाबहिल क्षेत्रमा धेरै कार्यकर्ताहरू जम्मा भएर प्रदर्शन गरिरहेका छन्। उनीहरूले ओलीलाई तुरुन्त रिहा गर्न माग गरेका छन्।
ओलीलाई आज बिहान गुण्डुबाट प्रहरीले पक्राउ गरेको हो। त्यसपछि शहरमा सुरक्षा कडा बनाइएको छ र धेरै ठाउँमा प्रहरी परिचालन गरिएको छ। यता, एमालेको सचिवालय बैठक पनि अहिले बसिरहेको छ। बैठकमा अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।












