प्रतिशोध र धरपकडले देशलाई राम्रो हुदैन: निलाम्बर आचार्य
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पूर्वराजदूत निलाम्बर आचार्यले पछिल्ला राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाएका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिशोध र धरपकडले देशलाई राम्रो नहुने बताएका छन्। 'साह्रै नै नमिल्ने कुरा भइरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन,' उनले उल्लेख गरेका छन्।
शनिबार बिहान प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई भक्तपुरबाट पक्राउ गरेको थियो।पक्राउपछि दुवैलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।
देशमा पछिल्ला राजनीतिक घटनाक्रम तीव्र बन्दै जाँदा आचार्यको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।












