मेरो पक्राउ प्रतिशोधपूर्ण छ: केपी शर्मा ओली
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण कदम भएको बताएका छन्।
शनिबार बिहान प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई पक्राउ गरेको हो। पक्राउका लागि प्रहरी रातभर उनको घरमा तैनाथ रहेको थियो।
पक्राउपछि उनलाई काठमाडौँ प्रहरी परिसर भद्रकाली लगिएको छ। प्रहरीले जेनजी आन्दोलनका क्रममा भएको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ हुनुअघि ओलीले कानुनी सल्लाह लिएका थिए। उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग परामर्श गरेका थिए।
पक्राउअघि ओलीले यो कदम प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको भन्दै यसको कानुनी रूपमा सामना गर्ने बताएका थिए। यता अधिवक्ता भट्टराईले पनि ओलीको पक्राउ गैरकानुनी भएको दाबी गरेका छन्।













