ओली र लेखक पक्राउ पछि गृहमन्त्री गुरुङले भने: देशले अब नयाँ दिशा लिनेछ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले देशले अब नयाँ दिशा लिने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘प्रतिवद्धता प्रतिवद्धता नै हो, कानूनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ ।
यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’ उनले ओली र लेखक पक्राउलाई न्यायको सुरुवात भनेका छन् ।












