एमालेले बोलायो आकस्मिक रूपमा सचिवालय बैठक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बैठक बोलाइएको हो।
पार्टीका सचिव महेश बस्नेतका अनुसार बैठक शनिबार बिहान ८:३० बजे बस्नेछ। बैठकले ओली पक्राउको विरोधमा गरिने कार्यक्रम तय गर्नेछ।
बस्नेतले यस घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उनले लोकतन्त्रमा राजनीतिक बन्दी हुनु गम्भीर विषय भएको उल्लेख गर्दै आन्दोलनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन्।
उनले बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्दै पूर्वगृहमन्त्री रमेश लेखक सहितका नेताहरूको पक्राउले देशमा तनाव बढ्ने चेतावनी दिएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक दमनको आरोपमा ओली र लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। एमालेले अब आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।












