पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

User Image Prime TV News १ हप्ता अगाडि
Image of पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। शनिबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई भक्तपुरको कटुन्जेस्थित घरबाट पक्राउ गरेको हो।

बिहान ५:४० बजे उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गत भदौ २३ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए। सो क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएको थियो।

यस घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकसहित अन्य सुरक्षा अधिकारीमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रहरीले कारबाही अघि बढाउँदै लेखकलाई पक्राउ गरेको हो।