बालेन मन्त्रिपरिषद्को पहिलो निर्णयः जेनजी आन्दोलन सम्बन्धी आयोगको सिफारिस कार्यान्वयन गर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन मन्त्रिपरिषद्को पहिलो निर्णयः जेनजी आन्दोलन सम्बन्धी आयोगको सिफारिस कार्यान्वयन गर्ने

काठमाडौ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकमा यस निर्णयको अनुमोदन गरिएको हो।

आयोगले जेनजी आन्दोलनका दौरान भएका गम्भीर उल्लंघनको अनुसन्धान गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल पुलिसका आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्षको जेल सजाय र अन्य उच्च सरकारी अधिकारीहरूलाई कारबाहीको सिफारिस गरेको थियो। यस सिफारिसलाई सरकारले अब प्रभावकारी ढंगले लागू गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको सिफारिसलाई कानूनी र प्रशासनिक प्रक्रिया अनुसार कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। जसकालागि शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गरेको छ । साथै मन्त्रिपरिषद्ले सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेललाई दिइएको छ।