बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। नवगठित मन्त्रिपरिषद्को यो पहिलो बैठकले सरकारका प्राथमिकता र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। शपथलगत्तै बसेको बैठकमा सरकारका तत्कालीन नीतिगत प्राथमिकता, प्रशासनिक सुधार तथा विकासका योजनाबारे छलफल भइरहेको जनाइएको छ।

सरकार गठनसँगै नयाँ नेतृत्वले सुशासन, सेवा प्रवाहमा सुधार र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ। पहिलो बैठकबाट जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी केही महत्वपूर्ण निर्णय सार्वजनिक हुन सक्ने बताइएको छ।